२२ जना प्रहरी हेडक्‍वाटरसँग ‘सम्पर्कविहीन’, सात दिनभित्र उपस्थित हुन उर्दी

बिजमाण्डू
२०८० साउन १० गते १०:०५ | Jul 26, 2023
२२ जना प्रहरी हेडक्‍वाटरसँग ‘सम्पर्कविहीन’, सात दिनभित्र उपस्थित हुन उर्दी


काठमाडौं। २२ जना प्रहरी केही समयदेखि प्रहरी प्रधान कार्यालय नक्सालसँग सम्पर्कविहीन भएका छन्। उनीहरू आफूखुसी गैर हाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

Tata
GBIME

बुधबार प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सम्पर्कविहीन भएका प्रहरीलाई हाजिर हुन आउनको लागि सूचना समेत प्रकाशित गरेको छ। यसरी गैर हाजिर भएर सम्पर्कविहीन हुने प्रहरीहरूमा प्रहरी सहायक हवल्दार देखि प्रहरी जवान समेत रहेका छन्।

२२ जना प्रहरी मध्ये एक जना प्रहरी सहायक हवलदार गत माघ १२ गतेदेखि सम्पर्कविहीन भएका थिए। पटक पटक सूचना जारी गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि हेडक्‍वाटरले सूचना जारी गरेको हो।

बाटो म्यादले ७ दिनभित्र उपस्थित नभए प्रहरी नियमावली अनुसार उनीहरूलाई जागिरबाट हटाउन सक्ने व्यवस्था रहेको छ।