
काठमाडौं। मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले जिम्नी र फ्रन्क्सको मूल्य सार्वजनिक गरेको छ। सोमबार कम्पनीले उक्त मोडलका गाडीहरुको मूल्य सार्वजनिक गरेको हो।
पाइभ डोर जिम्नीको जेटा भरियन्टको ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै यसको अर्को टप भेरियन्ट जिम्नी अल्फाको ६४ लाख ४९ हजार रुपैयाँ मूल्य तोकिएको छ।
जिम्नीमा १४६२ सीसीको के १५ बी इन्जिन उपलब्ध छ। यसले १०४.८ पीएस पावरमा १३४.२ एनएम टर्क उत्पादन गर्न सक्छ। यसले एक लिटर पेट्रोलमा १६.९४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
यस्तै फ्रन्क्सको सिग्मा भेरियन्टको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। साथै फ्रन्क्स डेल्टाको ४१ लाख ९९ हजार रुपैयाँ र डेल्टा प्लसको ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको मूल्य ब्रेजाको भन्दा कम राखिएको छ।
यसमा ११९७ सीसी क्षमताको १.२ लिटर डुअल जेट इन्जिन छ। जसले ८९.७३ को पीएस पावरमा ११३ एनएम टर्क उत्पादन गर्न सक्छ। यसले एक लिटर पेट्रोलमा २१.७९ किलोमिटर दुरी तय गर्न सक्ने कम्पनीको दाबी छ।
यी गाडीहरुको केही दिन अगाडि बुकिङ खुला गरिएको थियो। कम्पनीले उक्त गाडीहरु साउन महिनाभित्र डेलिभरी दिने गरी तयारी गरिएको जनाएको छ।