दसैंमा बोइङको ड्रिमलाइनरबाट उडान गर्दै सिंगापुर एयरलाइन्स, एक महिना ३३७ सीटे जहाज

बिजमाण्डू
२०८० साउन ७ गते १३:०० | Jul 23, 2023
दसैंमा बोइङको ड्रिमलाइनरबाट उडान गर्दै सिंगापुर एयरलाइन्स, एक महिना ३३७ सीटे जहाज


काठमाडौं। आगामी दसैँमा यात्रुको मागलाई मध्यनजर गर्दै सिंगापुरको ध्वजावाहक वायुसेवा कम्पनी सिंगापुर एयरलाइन्सले नेपाल उडानका लागि बोइङ ७८७-१० सिरिजको जहाज प्रयोग गर्ने भएको छ।

Tata
GBIME

हाल बोइङ ७३७ म्याक्समार्फत उडान सेवा दिँदै आएको कम्पनीले आउँदो सेप्टेम्बर २५ देखि नोभेम्बरसम्म बोइङ ७८७-१० सिरिजको जहाज प्रयोग गर्ने भएको हो।

चाडबाडमा नेपाल आउजाउ गर्ने यात्रुको माग बढ्छ। सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं आउने र जाने यात्रुको मागलाई मध्यनजर गर्दै कम्पनीले ३३७ सिट क्षमताको ड्रिमलाइनरमार्फत उडान गर्ने योजना अघि बढाएको आधिकारिक जीएसए एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलका संचालक सुधीर पाण्डेले बताए।

‘यो एक महिना अवधिभर साताको मंगलबार र शुक्रबार ड्रिमलाइनरमार्फत सेवा दिइनेछ। यसो हुँदा यो समय यात्रुको माग सम्बोधन हुने विश्वास लिएका छौं,’ संचालक पाण्डेले भने।

उनका अनुसार हाल कम्पनीको नियमित उडानमा ९० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ।

चौथो पटक विश्वकै उत्कृष्ट वायुसेवा कम्पनीको उपाधि पाइसकेको सिंगापुर एयरलाइन्सले नेपालमा साताको सात व्यावसायिक नियमित उडान गर्दै आएको छ।