निफ्राको नाफा डेढ अर्ब, ब्याज आम्दानी बढ्दा एक अर्ब पाँच करोड वितरणयोग्य

बिजमाण्डू
२०८० साउन ७ गते ०९:२१ | Jul 23, 2023
निफ्राको नाफा डेढ अर्ब, ब्याज आम्दानी बढ्दा एक अर्ब पाँच करोड वितरणयोग्य

काठमाडौं। ब्याज आम्दानी झन्डै ४५ प्रतिशत बढेपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफामा उल्लेख्य सुधार भएको छ। 

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष असार मसान्तमा नाफा १ अर्ब रुपैयाँ मात्रै थियो। यो भनेको ४२.७१ प्रतिशतको वृद्धि हो।

बैंकको वितरणयोग्य मुनाफा पनि ३१ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। पोहोर असारमा ८० करोड ५१ लाख रुपैयाँ थियो। २ अर्ब २८ करोड जगेडा तथा अवितरित नाफाको शीर्षकमा देखिन्छ।

असार मसान्तसम्म २१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको निफ्राको प्रति सेयर आम्दानी ६.७६ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ साढे २ रुपैयाँ बढेर ११०.५७ रुपैयाँ पुग्यो।   

यो अवधिमा २७ करोड ८५ लाख कर्जा जोखिम व्यवस्थापनलाई छुट्याएको देखिन्छ। बैंकले गत आर्थिक वर्ष २९.६१ प्रतिशतले कर्जा बिस्तार गर्यो। कुल २० अर्ब १४ करोड कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा बढे पनि संचालन मुनाफामा भने सुधार देखिन्छ। ४२.६८ प्रतिशतले संचालन मुनाफा बढेर २ अर्ब ८ करोड नाघेको छ।