थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, सेयर कारोबार गराउने कम्पनीको संख्या ८० पुग्यो

बिजमाण्डू
२०८० साउन ५ गते १६:३६ | Jul 21, 2023
थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, सेयर कारोबार गराउने कम्पनीको संख्या ८० पुग्यो


काठमाडौं। सेयर कारोबारका लागि थप ११ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन्। धितोपत्र बोर्डको बिहिबार बसेको संचालक समिति बैठकले ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

लाइसेन्स पाउनेमा मिल्की वे, क्यापिटल हब, पाही इन्भेष्टमेन्ट, आकाश भैरव, एसपीएसए, एनएमबी, सानिमा, स्टकक्स्कार्टस, इन्दिरा, ब्लु चिप र गरिमा सेक्युरिटिज छन्।

योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ। बोर्डले जेठमा नयाँ १८ कम्पनीलाई लाइसेन्स दिएकामा ७ वटाले साउन १ देखि कारोबार सुरु गरिसकेका छन्।