सुनचाँदी बजार : उच्च मूल्यबाट सुन तोलामा ८ सय घट्यो, चाँदीमा सामान्य गिरावट

बिजमाण्डू
२०८० साउन ५ गते १२:१२ | Jul 21, 2023
सुनचाँदी बजार : उच्च मूल्यबाट सुन तोलामा ८ सय घट्यो, चाँदीमा सामान्य गिरावट


काठमाडौं। सुनचाँदीको मूल्य हालसम्मकै उच्चको रेकर्डबाट शुक्रबार केही घटेको छ। सुन तोलामा ८ सय र चाँदी १५ रुपैयाँ घटेको हो।

Tata
GBIME

सुनको कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय र चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनको तुलनामा ५ सयको बढोत्तरीपछि बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो। उक्त मूल्य हालसम्मकै उच्च थियो। यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो।

साताको तेस्रो दिनका तुलनामा ६ सय बढ्दा बुधबार सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदी १४ सय ८० रुपैयाँ प्रतितोला भएको छ। यो पनि निकै उच्च मूल्य हो। बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको थियो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बिहीबारका तुलनामा केही घटेर कारोबार भइरहेको छ। प्रतिऔंस १९७९.८२ डलर रहेको सुन शुक्रबार १९७०.३ डलर छ। बुधबार प्रतिऔंस १९७४.४४ डलर थियो।

चाँदी प्रतिऔंस २४.८३ डलरले कारोबार भइरहेको छ। बुधबार २४.९९ डलर थियो भने बिहीबार २५.१ डलर भएको थियो।