काठमाडौं। लक्ष्मी भ्यालु फण्ड-२ ले आजदेखि इकाई बिक्री खुलाएको छ। योजनाले ८ करोड इकाइ निष्कासन गर्दैछ।
जसमध्ये ६ करोड ८० लाख इकाईमा सर्वसाधरणले आजदेखि आवेदन दिन मिल्छ। न्यूनतम १०० इकाई र धेरैमा ८० लाख इकाईसम्म आवेदन दिन मिल्छ।
योजनाले बाँकी एक करोड २० लाख इकाई भने कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकलाई छुट्याएको छ।
सर्वसाधरणले छिटोमा साउन ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। पर्याप्त आवेदन नआए साउन १९ सम्म लम्बिने जनाएको हो।