हिमालयन ऊर्जाले चुक्ता पुँजी बढाउँदै, शतप्रतिशत हकप्रद निष्कासनका लागि माग्यो अनुमति

बिजमाण्डू
२०८० साउन १ गते ११:५६ | Jul 17, 2023
हिमालयन ऊर्जाले चुक्ता पुँजी बढाउँदै, शतप्रतिशत हकप्रद निष्कासनका लागि माग्यो अनुमति

काठमाडौं। हिमालयन ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हकप्रद सेयर निष्कासनको अनुमतिका लागि कम्पनी धितोपत्र बोर्डमा पुगेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ।

Tata
GBIME

बोर्डले अनुमति दिएर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ रुपैयाँ करोड पुग्नेछ ।

कम्पनीले सेयरधनीलाई हालसम्म लाभांश दिएको छैन। आर्थिक वर्ष २०७५/७६ यता निरन्तर नोक्सानीमा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४.५५ रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९३.८४ रुपैयाँ छ।

कम्पनीले निर्माण गरेका ७ मेगावाटको अपर खिम्ति २ र १२ मेगावाटको उपल्लो खिम्ति जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थालिसकेका छन् । गत चैतसम्म कम्पनीले १५ करोड ८४ लाख रुपैयाँको विद्युत बेचेको थियो।