
सिंगापुर। भ्रष्टाचार अभियोगको छानबिनका लागि पक्राउ परेका सिंगापुरका यातायातमन्त्री एस ईश्वरन र अर्बपति होटलव्यवसायी ओङ बेङ सेङ धरौटीमा छुटेका छन्।
दुवैलाई सिंगापुर सरकारको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले गत मंगलबार पक्राउ गरेको थियो। होटलव्यवसायी सेङ सिंगापुरका सर्वाधिक धनीमध्येका हुन्।
दुवैलाई गत मंगलबार पक्राउ गरी पछि धरौटीमा छाडिएको ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा छ। अनुसन्धानको विवरण भने खुलाइएको छैन।
ओङ छानबिनमा परेको खुलासा भएपछि ब्युरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ।
विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिंगापुर विश्वव्यापी वित्तीय केन्द्र हो। यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ । (एएफपी)