शैक्षिक परामर्श संघको नयाँ नेतृत्वका लागि भइरहेको छ मतदान, हेर्नुस् फोटोमा

बिजमाण्डू
२०८० असार ३० गते १३:२६ | Jul 15, 2023
शैक्षिक परामर्श संघको नयाँ नेतृत्वका लागि भइरहेको छ मतदान, हेर्नुस् फोटोमा

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वको लागि अहिले मतदान भइरहेको छ।  गैह्रिधाराको एलिस रिसेप्सनमा इलेक्ट्रोनिक भोटिङ भइरहेको छ। मतदान गर्ने समय पाँच बजेसम्म तोकिएको छ। इक्यानको नेतृत्व लिन

Tata
GBIME
Nepal Life

पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, शेषराज भट्टराई, कृष्णहरि केसी र देविदास भट्टराईले अध्यक्षमा उम्मेद्वारी दिएका छन्।

विष्णुहरि र शेषराज समूहसहित चुनावी मैदानमा उत्रिँदा देवीदास र कृष्णहरि भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारको रुपमा उठेका छन्। निर्वाचनमा अध्यक्षका लागि विष्णुहरि र शेषराजबीच कडा भिडन्त हुने देखिन्छ। इक्यानका अनुसार यसपटकको चुनावमा देशभरबाट ४६८ जना प्रतिनिधिले भोट हाल्न पाउँछन्।

विष्णुहरिको समूहबाट उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षेत्री र प्रकाश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। त्यसैगरि, महासचिवमा बासुदेव दाहाल, सचिवद्वयमा फिलिपकुमार डाँगी क्षेत्री तथा शिवप्रसाद त्रिपाठी, कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल छन्।

सदस्यका लागि भने आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्तकुमार शर्मा, श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन्।

यस्तै, वर्तमान उपाध्यक्ष शेषराज भट्टराई पनि प्यानलसहित अध्यक्ष पदको लागि प्रतिस्पर्धामा छन्। उनी अर्बिट इन्टरनेसनल एजुकेसनका सीइओ समेत हुन्।

भट्टराईको प्यानलबाट उपाध्यक्षमा गीता सिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल छन्। महासचिवमा भने दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ, रत्न बहादुर भट्टराई रहेका छन्। कोषाध्यक्षमा आशिष कार्की, सह-कोषाध्यक्षमा विकल्प राज पौडेलले चुनाव लड्ने छन्।

सुवर्ण बस्नेत, उमा खड्का, विजय कुमार बस्नेत, रमेश लुइँटेल, होमराज थापा, गोविन्द खनाल, विजयकुमार बस्नेत, वसन्त पाण्डे, राजेश श्रेष्ठ, मनोरथ साह भट्टराई समूहको सदस्यमा अटाएका छन्।