पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले साधारण सेयर बिक्री गर्दै, हाथवेको सेयर साउन ४ बाट



बिजमाण्डू
२०८० असार २७ गते ०८:५५ | Jul 12, 2023
पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले साधारण सेयर बिक्री गर्दै, हाथवेको सेयर साउन ४ बाट

काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपालले साउन ४ गेदेखि आम सर्वसाधारणदेखि रोजगारीमा गएका नेपाली, आफ्ना कर्मचारीलगायतलाई बिक्री गर्ने भएको छ।

Tata
GBIME
Zonsen

सेयर बजार, रियलस्टेटलगायत अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी गरिरहेको कम्पनीले पहिलो पटक साधारण सेयर जारी गर्ने अनुमति पाएको हो। कम्पनीको जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ।

कम्पनीले १२.५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

कम्पनीको सेयर अंकित मूल्य ५०  रुपैयाँ छ। त्यसो हुँदा कम्तिमा २० कित्ताका लागि आवेदन दिनु पर्छ। बढिमा एक लाख कित्ताक ालागि आवेदन दिन सकिन्छ।

कम्पनीको संस्थापक सेयरधनीमा आइएमइ समूहका हेमराज ढकाल, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, निमिषा इन्भेष्टमेन्ट प्रालि, कुमार पौडेल, सुमित प्रधान, सुशिल अर्याल, गौरी श्रेष्ठ, प्रभु क्यापिटल, मनिष ढकाल, लिना बिष्ट, गौतमप्रसाद खनाल, शिवकुमार श्रेष्ठ, एसआर हाइड्रो र योगेश्वर शर्मा ढकाल छन्। कम्पनीको अध्यक्ष पनि योगेश्वर नै हुन्।