मनाङ एयरको सम्पर्कविहीन हेलिकोप्टर पिकेपीकमा दुर्घटनाग्रस्त, ५ मेक्सिकन नागरिक थिए सवार

बिजमाण्डू
२०८० असार २६ गते १२:०६ | Jul 11, 2023
मनाङ एयरको सम्पर्कविहीन हेलिकोप्टर पिकेपीकमा दुर्घटनाग्रस्त, ५ मेक्सिकन नागरिक थिए सवार


काठमाडौं। मंगलबार विहानैदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर सुर्के नजिकै सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित लाम्जुरा पास भन्ने ठाउँमा भेटिएको छ।

Tata
GBIME

त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले यो हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लागेको र चालक र यात्रु अवस्थाबारे विवरण आउन बाँकी नै रहेको बताए।

कम्पनीका सुरक्षा प्रबन्धक राजु न्यौपानेका अनुसार, हेलिकोप्टर खोजीका लागि नेपाल प्रहरीको टोली देउराली भन्ज्याङ भन्ने ठाउँमा परिचालन भइसकेको छ। हेलिकोप्टर क्याप्टेन चेत गुरुङको कमाण्डमा थियो।

उनका अनुसार, पाँच जना मेक्सिकन नागरिक लिएर हेलिकोप्टर सोमबार माउन्टेन फ्लाइटका लागि लुक्ला पुगेको थियो। यो हेलिकोप्टर काठमाडौं उडान अघि सुर्के आएर बसेको थियो।      

९एन-एएमभी कलसाइनको हेलिककोप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुेर्केबाट काठमाडौं उडान गरेको थियो।

उडान गरेको १५ मिनेटमै सम्पर्कविहीन भएपछि खोजीका लागि अर्को हेलिकोप्टर गएको थियो।

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएलगत्तै खोजीका लागि काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो।