
काठमाडौं। प्राविधिक समस्या आएपछि आइतबार बुद्ध एयरको नेपालगन्ज-काठमाडौं तर्फको एउटा उडान चार घण्टा ढिला भएको छ। बिहान ८:३० बजे काठमाडौं-नेपालगन्ज उडान गरिसकेर पुनः काठमाडौं फर्कनु अगाडि जाँच गर्दा ९एन-एएनपी कलसाइनको जहाजको आयल लिक भएको विमानस्थल प्रमुख सुरेश खनालले बताए।
नेपालगन्ज विमानस्थलमा ग्राउन्डेड जहाज प्राविधिकले हेर्दैछन्। ‘जहाज यहाँ आएर पुनः काठमाडौं उड्नुअघि चेकजाँच गर्दा आयल लिक भएको पाइएपछि निरीक्षणका लागि यतै ग्राउण्डेड गराइएको छ। कम्पनीका प्राविधिकले हेर्दैछन्,’ प्रमुख खनालले भने।
एउटा जहाज प्राविधिक कारणले रोकिएपछि बुद्धले अर्को पठाएर यात्रुलाई काठमाडौं उडाइसकेको छ। विहान करिब १० बजेको उक्त उडानमा ७० जना यात्रु थिए।
बुद्ध एयरले एटीआर-४२ र एटीआर-७२ गरी दुई किसिमको १५ वटा जहाजमार्फत मुलुकको विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ।