संसदको गतिरोध खुलाउन सिंहदरबारमा जुटे प्रमुख तीन दलका शीर्ष नेता

बिजमाण्डू
२०८० असार २४ गते १३:०५ | Jul 9, 2023
संसदको गतिरोध खुलाउन सिंहदरबारमा जुटे प्रमुख तीन दलका शीर्ष नेता


काठमाडौं। प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

प्रधानमन्त्री दाहालले प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन। अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ। यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन।

राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि स्थगित भएको छ। यसअघि आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो। बैठकमा सङ्घीय संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ। रासस