उद्देश्य अनुरुप काम गर्न नसकेपछि काठमाडौं महानगरले २ वटा सहकारी संस्थाको दर्ता खारेज गर्‍यो

बिजमाण्डू
२०८० असार २२ गते ११:१० | Jul 7, 2023
उद्देश्य अनुरुप काम गर्न नसकेपछि काठमाडौं महानगरले २ वटा सहकारी संस्थाको दर्ता खारेज गर्‍यो


काठमाडौं। काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा र सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो।

Tata
GBIME
NLIC

यी दुवै सहकारी संस्थाहरुले भिन्न भिन्न मितिमा महानगरपालिका समक्ष खारेजी स्वीकृतिका लागि निवेदन पेस गरेका थिए।

कुनै पनि सहकारी संस्थाले आफ्नो उद्देश्य हासिल गर्न सम्भव नभएमा वा सदस्यको हित गर्न नसक्ने भएका साधारण सभाको तत्काल कायम रहेको दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको विघटन गर्न निर्णय गरी दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिन सक्ने कानुनी व्यवस्था छ।

महानगरपालिकाले यी संस्थाको विनियम बमोजिम संचालन नभएकाले दर्ता खारेजी गरिएको जनाएको छ। शुक्रबार एक सूचना जारी गर्दै महानगरले यी सहकारी संस्थाहरुको दर्ता खारेजी गरेको हो।