
काठमाडौं। सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० को ब्याज आगामी साउन १५ गते भित्र भुक्तानी गरे चालु आवकै आयमा गणना गर्न पाउने भएका छन्।
सहकारी विभागले आय अवरुद्ध भएका सहकारी संस्थाहरुको वित्तीय कारोबार सहज बनाउन बिहीबार निर्देशन जारी गरेको हो।
विभागले ऋणीहरुमा परेको प्रभाव मूल्यांकन गरी मागका आधारमा गत आवमा खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिमा लागि मात्रै पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ।

