BIZMANDU
www.bizmandu.com

२०७९/८० को ब्याज साउन १५ भित्र भुक्तानी गरे सहकारीहरुले चालु आवकै आयमा गणना गर्न पाउने

२०८० असार २१

२०७९/८० को ब्याज साउन १५ भित्र भुक्तानी गरे सहकारीहरुले चालु आवकै आयमा गणना गर्न पाउने
२०७९/८० को ब्याज साउन १५ भित्र भुक्तानी गरे सहकारीहरुले चालु आवकै आयमा गणना गर्न पाउने

काठमाडौं। सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० को ब्याज आगामी साउन १५ गते भित्र भुक्तानी गरे चालु आवकै आयमा गणना गर्न पाउने भएका छन्।

Tata
GBIME

सहकारी विभागले आय अवरुद्ध भएका सहकारी संस्थाहरुको वित्तीय कारोबार सहज बनाउन बिहीबार निर्देशन जारी गरेको हो।

विभागले ऋणीहरुमा परेको प्रभाव मूल्यांकन गरी मागका आधारमा गत आवमा खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पुनर्तालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिमा लागि मात्रै पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ।