नारायणगढ-मुग्लिन सडक : छिनछिनमा पहिरो जाँदा पन्छाउन समस्या, बाटो खुलाउन समय लाग्ने

बिजमाण्डू
२०८० असार १७ गते १३:४७ | Jul 2, 2023
नारायणगढ-मुग्लिन सडक : छिनछिनमा पहिरो जाँदा पन्छाउन समस्या, बाटो खुलाउन समय लाग्ने

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो।

Tata
GBIME

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेश कुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ।

‘अर्को ढिस्को पनि खस्ने अवस्थामा छ,’ पौडेलले भने।

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ। रासस