लघु बीमालेख बिक्रीबाट बीमा कम्पनीले आर्जन गरे २ अर्ब बढी, कुन कम्पनीको कति ?

बिजमाण्डू
२०८० असार १६ गते १९:०४ | Jul 1, 2023
लघु बीमालेख बिक्रीबाट बीमा कम्पनीले आर्जन गरे २ अर्ब बढी, कुन कम्पनीको कति ?


काठमाडौं। १३ जीवन बीमा कम्पनीले लघु बीमालेख बिक्री गरेर २ अर्ब भन्दा बढीको बीमा शुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्षको ११ महिनामा कम्पनीहरुले ४१ लाख वटा बीमालेख जारी गरी २ अर्ब १३ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन्।

Tata
GBIME
NLIC

जुन बीमा शुल्क गत महिनाभन्दा ८ प्रतिशतले वृद्धि भएको हो। नेशनल लाइफमा लघु बीमाको पहुँच बढ्दै गएको छ। कम्पनीले जेठ महिनासम्म ७१ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

यो कम्पनीले जेठमा मात्र ६ करोड रुपैयाँ संकलन गरेको छ। गत वैशाख एक महिनामा कम्पनीले ५ करोड रुपैयाको बीमाशुल्क आर्जन गरेको थियो। सिटिजन लाइफले ४९ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। जेठ महिना मात्रै कम्पनीले ४ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

सानिमा रिलायन्स लाइफले २८ करोड रुपैयाँको लघु बीमा शुल्क संकलन गरेको छ। कम्पनीले प्रथम बीमा शुल्कबाट २६ करोड रुपैयाँ र नवीकरणबाट एक करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ। जेठ महिनामा मात्रै कम्पनीको बीमाशुल्क एक करोड ७० लाख रुपैयाँ थियो।

सूर्य ज्योति लाइफले लघुबीमा बिक्री गरी १९ करोड रुपैयाँ संकलन गरेको छ। वैशाखसम्म कम्पनीले १७ करोड ७२ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको थियो। मेट लाइफले १६ करोड ९६ लाख रुपैयाँको बीमाशुल्क संकलन भएको छ। कम्पनीको वैशाख महिनासम्म १६ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेको थियो।

मर्जरपछि एकीकृत कारोबार गर्न लागेको महालक्ष्मी लाइफले १४ करोड रुपैयाँको लघु बीमा शुल्क संकलन गरेको हो। कम्पनीले प्रथम बीमा शुल्कबाट ४ करोड रुपैयाँ र नवीकरण शुल्कबाट ९ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ। प्रभु लाइफले ६ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

त्यस्तै, सन नेपालले ४ करोड २१ लाख आर्जन गरेको छ। एशियन लाइफले एक करोड ९९ लाख, रिलायबल लाइफले एक करोड, नेपाल लाइफले ५३ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४४ लाख मात्र बीमाशुल्क आर्जन गरेको छ।

पछिल्लो समय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरु दुरदराजसम्म पुग्न नसेकको भन्दै नयाँ लघु बीमा कम्पनी संचालनको लागि लाइसेन्स दिएको छ। प्राधिकरणले सात प्रदेशमा संचालन रहने गरी ७ वटा नयाँ कम्पनीलाई लाइसेन्स दिएको छ।