
पोखरा। नेपाल-चीन मैत्री ड्रागन बोट रेसमा नेपाली टोली दोस्रो भएको छ। लेकसाइडमा आयोजित ड्रागन बोट महोत्सवको दोस्रो दिन तथा अन्तिम दिन शनिवार फेवातालमा भएको ५०० मिटर रेसमा चीनको युनानी टोली प्रथम भएको छ।
नेपालको नारा नेपाल दोस्रो भएको छ। प्रतिष्पर्धाको अन्तिम चरणमा नेपाल र चीनका २/२ टिम थिए। सिचुवान ड्रागन बोट टिम तेस्रो र एनसीआर नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन सान्त्वना भएका छन्।
अन्तिम ४ मा स्थान बनाउन सफल चार टोलीबीच शनिवार अन्तिम प्रतिष्पर्धा भएको हो। प्रतिस्पर्धामा सहभागी ४ टिममध्ये दुई चिनियाँ थिए। नेपाली टोलीमध्ये नारा र एनआसीए मात्रै फाइनलमा पुगेका थिए।
चिनियाँ महोत्सव पोखरामा सञ्चालनका लागि चीनबाट विमान चार्टर्ड गरेर टोलीहरु पोखरा आएका छन्।