अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाउने, मंगलबार धितोपत्र बोर्डसँग बैठक

बिजमाण्डू
२०८० असार ४ गते ०९:०१ | Jun 19, 2023
अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाउने, मंगलबार धितोपत्र बोर्डसँग बैठक


काठमाडौं। अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाउने भएको छ। समितिले मंगलबार बैठक बोलाएको छ। समितिले नयाँ ब्रोकर लाइसेन्स बारे छलफल गर्न मंगलबार धितोपत्र बोर्डलाई बोलाएको छ। 

Tata
GBIME
NLIC

नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको १ हप्ताभित्रै अर्को बैठक डाकेको हो।

समितिले व्यक्तिगत स्वार्थमा प्रक्रिया रोकेको भन्दै चौतर्फी आलोचना भएको थियो। लगत्तै समितिका सभापति (जेष्ठताका आधारमा) सन्तोष चालिसेले मंगलबार नै अर्को बैठक डाकेका हुन्।  

गत बिहीबार अर्थ समितिले स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको सम्पूर्ण प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।