दोल्ती पावर कम्पनी घाटामा, ९ महिनामा झन्डै साढे ६ करोडको बिजुली बिक्री

बिजमाण्डू
२०८० असार ३ गते ०९:५३ | Jun 18, 2023
दोल्ती पावर कम्पनी घाटामा, ९ महिनामा झन्डै साढे ६ करोडको बिजुली बिक्री


काठमाडौं। से‍यर बजारमा हालसालै सूचीकृत दोल्ती पावर कम्पनीले ५ करोड रुपैयाँ खुद नोक्सानीमा छ। कम्पनीले चालु आवको चैत मसान्तसम्म सो घाटामा छ।

Tata
GBIME
NLIC

विद्युत बिक्री घटे लगत्तै पोहोर चैतमा ५० लाख नाफामा रहेको दोल्ती पावर यसपाली घाटामा गएको हो। कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। जुन पोहोर ८ करोड ३७ लाख रुपैयाँ थियो।

कम्पनीले कर्जामा तिर्दै आएको ब्याज दर बढ्दा त्यसको प्रभाव पनि नाफामा परेको देखिन्छ। गत आवको चैतमा ५ करोड २१ लाख ब्याज भुक्तानी गरेकोमा यसपटक ७ करोड ३४ लाख मात्रै भुक्तानी गरेको देखिन्छ। ब्याज भुक्तानी गर्ने रकम २९ प्रतिशतले बढेको हो। 

यस्तै कम्पनीले लिएको अल्पकालीन कर्जाको परिमाण पनि बढ‍ेको छ।  २ करोडबाट ७ करोड ६६ लाख पुगेको हो।

चैतसम्म कम्पनी नेप्सेमा सूचीकृत नभएको जनाएको छ। सो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १२.५१ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ७५.५६ रुपैयाँ कायम छ।