
काठमाडौं। हिमालयन रि-इन्स्योरेन्स कम्पनीको नाफा २९.५३ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म नौ महिनामा कम्पनीले २५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर चैतसम्म १९ करोड ६४ लाख रुपैयाँ मात्रै थियो।
बीमाशुल्क आर्जनमा सुधार भएसँगै नाफा बढेको हो। पोहोर चैतमा ४७ करोड ४९ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको हिमालयन रीले यसपटक ३ अर्ब ३८ करोड रुपैयाँ कमाएको छ।
सँगसँगै नगद प्रवाहमा उल्लेख्य सुधार भएको छ। पोहोर ऋणात्मक क्यास फ्लो यसपटक झन्डै डेढ करोड रुपैयाँ नाफामा देखिन्छ। २४ करोड ७२ लाख रुपैयाँको दाबीबापत भुक्तानी गरिसकेको छ।
नाफामा रहेको नगद प्रवाहबाहेक लगानीमार्फत नै कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ।