एप्पलले सार्वजनिक गर्‍यो स्की गगल्सजस्तै देखिने रियालिटी हेडसेट, ४ लाखभन्दा बढी पर्ने

बिजमाण्डू
२०८० जेठ २३ गते १२:५९ | Jun 6, 2023
एप्पलले सार्वजनिक गर्‍यो स्की गगल्सजस्तै देखिने रियालिटी हेडसेट, ४ लाखभन्दा बढी पर्ने

एप्पलले बहुप्रतिक्षित मानिएको रियालिटी हेडसेट ‘एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्। कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटको समेत घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१ हजार नेपाली रुपैयाँ) रहेको छ। दुई घण्टा ब्याट्री लाइन रहने यो हेडसेट अमेरिकामा अर्को वर्षसम्ममा ‘लन्च’ हुनेछ।

एप्पलको यो हेडसेटको मूल्य बजारमा उपलब्ध अन्य भर्चुअल रियालिटी हेडसेटभन्दा महँगो हो। गत हप्ता मेटाले ४९९ डलर (करिब ६५ हजार नेपाली रुपैयाँ) पर्ने ‘द क्वेस्ट हेडसेट’ घोषणा गरेको थियो।

एप्पलको ‘भिजन प्रो हेडसेट’ बजारमा उपलब्ध अन्य हेडसेट भन्दा केहि फरक देखिन्छ।‍ एप्पलको यो हेडसेट हेर्दा स्की गगल्स जस्तै देखिन्छ। यस हेडसेटको कामलाई बुझाउन एप्पलले ‘अगमेन्टेड रियालिटी’ टर्म प्रयोग गरेको छ। मिक्स्ड रियालिटी भनेर पनि चिनिएको अगमेन्टेड रियालिटीले स्क्रिनमार्फत‘अगमेन्टेड रियालिटी’ले स्क्रिनमार्फत वास्तविक संसारसँग भर्चुअल संसारलाई संयोजन गर्ने बताइएको छ। 

संघर्षरत भर्चुअल-रियालिटी हेडसेट बजारबीच टेक जायन्टको प्रतिस्पर्धा

यो ग्याजेटमार्फत प्रयोगकर्ताले भर्चुअल संसारमा नै विभिन्न एपहरू चलाउन, चलचित्र हेर्न र लेख्‍न पनि सक्छन्। तर यो प्रविधिको बजार कस्तो र कत्रो छ भनेर तत्काल भन्न सकिने आधार छैन।

म्याकरुमर्सका वरिष्ठ सम्पादक हार्टले चार्लटन यो हेडसेटले सर्वसाधारणलाई कत्तिको आकर्षित गर्छ भन्नेमा अन्योल नै रहेको बताउँछन्।

उनले भने, ‘उच्च मूल्य र पहिलो प्रोडक्टमा हुने कमजोरीका कारण यो हेडसेटले हाल मेनस्ट्रिम ग्राहकलाई अपील गर्दैन।’

यसका बाबजुद एप्पलसँग जानकार ग्राहकले अन्य प्रोडक्ट जस्तै यो ग्याजेट पनि खरिद गर्न सक्ने उनले बताए। ‘आफ्नो नयाँ ग्याजेटलाई ग्राहकको कलेक्सनमा एड गर्न पहिल्यैदेखि कम्पनीले प्रोत्साहन गर्दै आएको छ। धेरै हदसम्म सफल पनि भएको छ।’

आफ्नो सेल्स पिचमा, कुकले हेडसेटले प्रयोगकर्ताहरूलाई आफ्नो वास्तविक संसारमा जस्तै डिजिटल दुनियाँसँग इन्टर्याक्ट गर्न सकिने बताए। यसलाई प्रयोगकर्ताको हात, आँखा र आवाजको संयोजन प्रयोग गरेर नियन्त्रण गरिन्छ।

मेटा र लेनोभोले आफ्नो भर्चुअल-रियालिटी हेडसेटहरूको नयाँ संस्करण सार्वजनिक गरेको एक हप्तापछि नै एप्पलले रियालिटी हेडसेट ‘एप्पल भिजन प्रो’ सार्वजनिक गरेको हो। 

मेटाले मिक्स्ड रियालिटीमा ठूलो रकम र कर्मचारी लगानी गरेको छ। तर यो क्षेत्र हाल संघर्षरत नै छ।

इन्टरनेशनल डाटा कर्पोरेसनका अनुसार हेडसेट बजारमा गत वर्ष विश्वव्यापी रूपमा ५४ प्रतिशतको गिरावट आएको छ। घट्दो बजारको बावजुद एप्पलले सार्वजनिक गरेको यस हेडसेटले बजार लिन केही समय लाग्ने फोरेस्टर रिसर्चका थोमस हसनले बताए।

आइफोनको नयाँ अपरेटिङ सिस्टम

यस बाहेक, कम्पनीले म्याकबुक (एप्पलको ल्यापटप) को नयाँ अपडेटको समेत घोषणा गरेको छ। कम्पनीको अन्य हार्डवेयर प्रोडक्टको अप्डेटेड संस्करण पनि सार्वजनिक गरेको छ।

कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टम, आईओएस-१७ पनि यस सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

यसअन्तर्गत आइफोनमा ‘कन्ट्याक्ट पोस्टर्स’ र ‘लाइभ भ्वाइसमेल’ समावेश हुनेछन्। कन्ट्याक्ट पोस्टर्समार्फत प्रयोगकर्ताले कल गर्दा अर्को व्यक्तिको फोनमा प्रयोगकर्ताको तस्वीर देखा पर्नेछ। 

साथै, एप्पलले चेक-इन प्रणाली पनि ल्याएको छ। यसले प्रयोगकर्ता घर आइपुगेको सन्देश साथी वा परिवारको सदस्यलाई स्वचालित रूपमा दिनेछ।

आइफोनको नयाँ अपरेटिङ सिस्टम आईओएस-१७ यसै वर्ष उपलब्ध हुने पनि कम्पनीले जनाएको छ। (एजेन्सी)