
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सोमबार थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ। योसँगै आशय पत्र प्राप्त ४३ वटा कम्पनीमध्ये १८ वटाले अनुमतिपत्र पाएका हुन्।
धितोपत्र व्यवसायी अन्तर्गत सेयर बजारको सबै काम गर्ने अनुमति मागेको नबिल सेक्युरिटिजले पनि लाइसेन्स पाएको छ। नबिल सेक्युरिटिजले धितोपत्र व्यवसायी अर्थात् स्टक डिलरको लाइसेन्स पाएको हो। कम्पनीमा नबिल बैंकको पूर्ण लगानी छ। कम्पनीको चुक्ता पुँजी १५० करोड छ।
मेघा स्टक मार्केट्सले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स पाएको छ। कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ।
यि दुई बाहेक बाँकी ९ वटै सिमित कार्य गर्ने ब्रोकर कम्पनी हुन्। एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज प्रालि, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, केवीएल सेक्यूरिटिज र कलश स्टक मार्केटले अनुमति पाएको बोर्डले जनाएको छ।