
काठमाडौं। रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार ८ गते विशेष साधारण सभा डाकेको छ।
सभाले १:०.५ को अनुपातमा हकप्रद निष्कासन अनुमोदन गर्ने छ। जसअनुसार, प्रत्येक १० कित्ता सेयरधनीले ५ कित्ता हकप्रदमा आवेदन दिन सक्नेछन्।
अहिले कम्पनीको चक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। यसको ५० प्रतिशत ७७ करोड ४४ लाख रुपैयाँ हुन्छ। हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ नाघ्नेछ।
यसपछि कम्पनीले हकप्रद निष्कासन गर्न नियामकहरुसँग अनुमति पनि माग्नेछ। विद्युत नियमन आयोग र धितोपत्र बोर्डको स्वीकृति चाहिन्छ।
काम पुरा गर्न सभाले संचालकहरुलाई अख्तियारि दिँदैछ। हकप्रद निष्कासनपछि वृद्धि हुने पुँजी अनुसार प्रबन्धपत्र पनि संशोधन गर्ने प्रस्ताव पनि संलग्न छ।