सिट्रोनको ई-सी ३ इभीको मूल्य ३३ लाख, साउनबाट नेपाली बजारमा उपलब्ध हुने

बिजमाण्डू
२०८० जेठ २२ गते १६:५५ | Jun 5, 2023
सिट्रोनको ई-सी ३ इभीको मूल्य ३३ लाख, साउनबाट नेपाली बजारमा उपलब्ध हुने


काठमाडौं। भारतीय बजारमा धेरै रुचाइएको सिट्रोनको ई-सी ३ इभी नेपाल आउने भएको छ। यसको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

Tata
GBIME
Nepal Life

सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले आफ्नो फेसबुक पेजमा मूल्य सार्वजनिक गरेको हो। सोमबारबाट कम्पनीले बुकिङ खुला गरेको छ। यसका लागि १ लाख रुपैयाँ टोकन मनी राख्‍नुपर्ने कम्पनीले जनाएको छ।

गाडी साउनमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा ४२ किलोवाट क्षमताको मोटर पावर छ। यसले गर्दा सरकारले भर्खरै ल्याएको बजेटले गर्दा गाडी सस्तोमा आएको हो।

यसको प्रतिस्पर्धी टाटाको टियागो इभी हो। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि यसलाई नेपाली बजारमा छिट्टै ल्याउने तयारीमा छ। यो दुवै इभी ह्याचब्याक मोडलमा आधारित हुन्। 

 ई-सी ३ इभीमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

सिट्रोनको ई-सी ३ मा २९.२ किलोवाट क्षमताको ब्याट्री प्याक छ। यसमा भएको ब्याट्री तथा मोटरले ५७ हर्सपावर र १४३ एनएम टर्क उत्पादन गर्छ। यसको ब्याट्री चार्ज गर्न फाष्ट चार्जर प्रयोग बाट ५७ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भने एसी/ होम चार्जरको प्रयोग बाट चार्ज गर्दा १०.३० घन्टाको समयमा फुल चार्ज हुन्छ।

कम्पनीले यसमा अटोमेटिक ड्राइभको लागि ई–टगल स्विच दिएको छ। सामान राख्नको लागि ३१५ लिटरको बुट स्पेस दिइएको छ। यसमा ३५ स्मार्ट फिचर, २६ सेमी टचस्क्रिनसहितको वायरलेस स्क्रिन मिररिङ, स्टेयरिङ ह्विलमा अडियो र फोन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, एलईडी डीआरएल फिचर दिइएको छ।