अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिम पर्वत हाइड्रोपावरमा ३९ करोड लगानी गर्ने

बिजमाण्डू
२०८० जेठ २२ गते १२:१९ | Jun 5, 2023
अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिम पर्वत हाइड्रोपावरमा ३९ करोड लगानी गर्ने

काठमाडौं। अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिम पर्वत हाइड्रोपावरमा ३९ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

हाइड्रोपावर कम्पनीले दोलखामा ५.५ र २० मेगावाटका दुई आयोजना निर्माण गर्दैछ। जसमध्ये सागु खोला-१ आयोजनाको जडित क्षमता साढे ५ मेगावाट र सागु खोला हाइड्रोको २० मेगावाट हुने कम्पनीले जनाएको छ।

दुवै आयोजनाले वार्षिक १४९ गिगावाट आवर जलविद्युत उत्पादन गर्ने अनुमान छ। प्रारम्भिक प्रक्षेपण अनुसार आयोजनाले २०८१ चैत २९ गते व्यवसायिक उत्पादन थाल्नेछ। सिंगटी सबस्टेसनमार्फत विद्यत् राष्ट्रिय ग्रिडमा जडान हुने कम्पनीले जनाएको छ।

अवसर इक्विटी डाइभर्सिफाइड फण्डले कुल ३९.०६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको हो।