
काठमाडौं। क्रसफायर मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ। कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलको मूल्य ७१ हजार रुपैयाँसम्मले घटेको छ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार क्रसफायर आरएम २५० को मूल्य ८ लाख ४३ हजार भएको छ। यसअघि यसको मूल्य ८ लाख ८८ हजार रुपैयाँ थियो। यसमा कम्पनीले ४५ हजार रुपैयाँ मूल्य घटाएको छ।
यस्तै, यसको एचजे २५० को मूल्यमा ७१ हजार रुपैयाँले घटाएर ६ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य ७ लाख ७० हजार रुपैयाँ थियो।
यसैगरी, ट्रयाकर २५० को मूल्य ३ लाख ७० हजार रुपैयाँ कायम भएको छ। यसअघि ४ लाख १० हजार मूल्य रहेको यो बाइकमा ४० हजार मूल्य घटाइएको छ।
सरकारले २०० सीसीभन्दा माथिका बाइकमा अन्त:शुल्क र सडक कर घटाएपछि बिक्रेताहरुले मूल्य घटाउन थालेका हुन्। यस अघि रोयल इन्फिल्डले आफ्नो बाइकको मूल्य घटाइसकेको छ।