
काठमाडौं। तलब भत्ता ख्वाउन सकस परिरहेको सरकारले थप ५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको नवीकरण गर्ने भएको छ।
पोहोर यतिबेला सस्तोमा उठाएको आन्तरिक ऋण अहिले बढि ब्याज तिर्न सरकार वाध्य भएको छ।
सरकारका लागि नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिँदैछ। बाँकी भने नवीकरणवाला ऋण छ।
२८ दिने ३ अर्बको नवीकरण गर्दैछ। यसबाह्क ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको, १८२ दिने १० अर्बको र ३६४ दिने ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नबीकरण गर्न लागेको हो। सोमबार नयाँ र पुरानो आन्तरिक ऋण नवीकरण गरिने छ।
अघिल्लो पटक ९१ दिनेको ब्याज ७.५४ प्रतिशत, ९१ दिनेको ९.१६ प्रतिशत, १८२ दिनेको ९.१३ प्रतिशत र ३६४ दिनेको ८.८० प्रतिशत कायम भएको थियो।