
काठमाडौं। अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको छ।
लगानीकर्ताले कारोबार बन्द गराउने धम्कीका बीच छिटपुट किनबेच भइरहेको थियो। अर्थमन्त्रालयमा अर्थमन्त्री डा. प्रकाश शरण महतले नै पुँजीगत लाभ कर नै अन्तिम भएको र अहिले गरिएको कर प्रस्ताव संसदमा फिर्ता लिने बताएपछि बजारमा कारोबारले तीब्रता पाएको छ।
अहिले बजार हरियो पनि भएको छ। मन्त्रालयको समाचार बाहिरिएलगत्तै बजारले फराकिलो बृद्धि समातेको छ।