नाट्टा भन्छ- ‘उड्डयन क्षेत्रमा भ्याट र आउटबाउण्डमा विलासी कर कार्यान्वयन आउन कठिन छ’

बिजमाण्डू
२०८० जेठ १८ गते १८:४१ | Jun 1, 2023
नाट्टा भन्छ- ‘उड्डयन क्षेत्रमा भ्याट र आउटबाउण्डमा विलासी कर कार्यान्वयन आउन कठिन छ’

काठमाडौं। सरकारले नयाँ बजेटमार्फत उड्डयन क्षेत्रमा भ्याट र आउटबाउण्ड टुरमा विलासी कर कार्यान्वयन हुन नसक्ने व्यवसायीले बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टले हवाई भाडादरमा लागु गरेको भ्याट र विदेश भ्रमणमा लगाउन खोजिएको विलासी कर कार्यान्वयनमै आउन नसक्ने जिकिर गरेको छ।

अध्यक्ष रमेश थापाले बिलासी कर र उड्डयन क्षेत्रमा भ्याट कार्यान्वयनमा ल्याउन खोजेर पर्यटन क्षेत्रलाई प्रभावित बनाउन खोजेको बताउँदै कार्यान्वयन हुन कठिन रहेको बताए।

सरकारले हवाई सेवामा लगाएको भ्याटले हवाई यात्रु र पर्यटक थप निरुत्साहित हुने उनले बताए।