टाटाको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ मा थपियो जीपीएस मोबाइल एप

बिजमाण्डू
२०८० जेठ १८ गते १०:२९ | Jun 1, 2023
टाटाको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ मा थपियो जीपीएस मोबाइल एप

काठमाडौं। सिप्रदी ट्रेडिङले टाटाको प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ मा जीपीएस मोबाइल एप थप गरेको छ। कम्पनीले विद्युतीय ट्याक्सीलाई अझ सुरक्षित बनाउन एपको विकास गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार सिप्रदीले लोकोन्याभको जीपीएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको सुविधा उपलब्ध गराएको हो। यसको मद्दतले विद्युतीय ट्याक्सीको फ्लिट अपरेटर र एक्सप्रेस-टीका धनीहरुले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर ट्रयाक गर्न सक्छन्।

आगामी दिनमा जीपीएस प्रविधिले सबै विद्युतीय सवारीसाधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ।

टाटाको यो ट्याक्सी संचालन हुन थालेको एक महिना पुरा भएको छ। यसअघि यसमा जीपीएस प्रविधि जडान गरिएको थिएन। अब भने उक्त सुविधा थपिएको छ।

जीपीएस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकाले एक्सप्रेस-टी विद्युतीय ट्याक्सीलाई उपभोक्ताले निकै रुचाएको कम्पनीको दाबी छ।

टाटा मोटर्सको ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सीमा नयाँ प्रविधि, आकर्षक, सुरक्षित बनावट, पर्याप्त स्पेस, सामान राख्न पर्याप्त बुट स्पेस भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको कम्पनीको भनाइ छ।