कुमारी बैंकको ७१ हजार कित्ता सेयर बिक्रीमा, बोलकबोल गर्न न्यूनतम मूल्य ११० रुपैयाँ

बिजमाण्डू
२०८० जेठ १७ गते १२:३६ | May 31, 2023
कुमारी बैंकको ७१ हजार कित्ता सेयर बिक्रीमा, बोलकबोल गर्न न्यूनतम मूल्य ११० रुपैयाँ


काठमाडौं। कुमारी बैंक लिमिटेडले ७१ हजार २ सय ६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बोलकबोल (लिलाम बढाबढ) मा बिक्री हुने उक्त सेयरका लागि खरिद आवेदन बुधबार खुला गरेको छ।

Tata
GBIME
NLIC

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। सेयर आवेदन जेठ २३ गते पेस गरिसक्नु पर्ने म्याद दिइएको छ।

आवेदन फारम कुमारी क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

सेयरको न्युनतम मूल्य प्रति कित्ता ११० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा सो मूल्यभन्दा कम अंकित गर्न पाइँदैन।

बोलकबोल गर्दा न्युनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्ने बैंकले जनाएको छ।