विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण

बिजमाण्डू
२०८० जेठ १७ गते १२:३३ | May 31, 2023
विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेका छन्। बुधवार बिहान उनले विधेयक प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिइन्।

Tata
GBIME
Nepal Life

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक ‘होल्ड’ गरेकी थिइन्। उनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ आएको विधेयकलाई फेरि संसदमा फिर्ता पठाएकी थिइन्। संसदबाट फेरि पारित गरि विधेयक भण्डारी कहाँ पठाइएको थियो। तर, उनले संवैधानिक व्यवस्था विपरित गएर विधेयकलाई रोकेकी थिइन्।

पौडेल राष्ट्रपति भएपछि सत्तापक्ष र नागरिक समाजले विधेयक प्रमाणीकरणका लागि उनलाई जोड दिएका थिए। पौडेलले विधेयक प्रमाणीकरण गर्नुअघि अधिवक्ताहरुसँग छलफलसमेत गरेका थिए।

आजै बिहान राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच छलफल पनि भएको थियो। प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। त्यही सिलसिलामा दुईजना बिच भेट भएको र नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ।