लुम्बिनी विकास बैंकको ‘एलबीबी डिबेञ्चर २०७९’ आजबाट बिक्रीमा, ११ प्रतिशत ब्याज पाइने

बिजमाण्डू
२०८० जेठ १६ गते १०:११ | May 30, 2023
लुम्बिनी विकास बैंकको ‘एलबीबी डिबेञ्चर २०७९’ आजबाट बिक्रीमा, ११ प्रतिशत ब्याज पाइने


काठमाडौं। लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र बिक्री खुलाएको छ। ‘एलबीबी डिबेञ्चर २०७९’ को बिक्री मंगलबारदेखि खुला गरेको हो। खरिद गर्न चाहनेले जेठ १९ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ। 

Tata
GBIME
NLIC

बैंकले यो ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने जनाएको छ। १० वर्ष अवधिको ऋणपत्र २०८९ मा परिपक्व हुनेछ।

बैंकले एक अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दैछ। १० लाख कित्ता जारी हुँदैछ। जसमध्ये ६० करोड रुपैयाँको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्दैछ। २० हजार कित्ता म्युचुअल फण्डलाई छुट्याएको हो।

बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउँछन्। प्रतिकित्ता एक हजार रुपैयाँ तय छ। न्यूनतम २५ कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदन पेस गर्न मिल्छ।