
काठमाडौं। सरकारले २०८० जेठ १५ गतेसम्म नेपालभित्र प्रयोगमा रहेका तर नेपाल दूरसंचार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका फोन दर्ता गर्न सक्ने सुविधा ल्याएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले एकपटकका लागि आगामी असार मसान्तसम्म तोकिए बमोजिम एकमुष्ठ महसुल बुझाएर दर्ता गर्न सक्ने व्यवस्था गरेको बताएका छन्।