
काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि सरकारले १ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि चार्जिङ स्टेसन निर्माण विस्तार गरिने बताए।
उनले न्यु बुटवल-गोरखपुर ४००केभी सहित तीनवटा अन्तर्देशीय प्रसारणलाइन निर्माण गरिने बताए। ४०० केभी कर्णाली करिडोर,भेरी करिडोर, अरुण करिडोर लगायतको वित्तिय व्यवस्थापन गरि अघि बढाइने कार्यक्रम रहेको छ। प्रसारलाइनतर्फ ३८ अर्ब ३२ करोड रुपैयाँ छुट्याइएको छ।
विद्युत प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। प्राधिकरणलाई ऋण परिचालन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिने भएको छ।
डा. महतका अनुसार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको पुनर्संरचना गरि प्रभावकारी बनाइने बताए। निजी क्षेत्रलाई विद्युत व्यापार दिइनेछ। अहिलेसम्म उत्पादनमा सहभागी भएपनि व्यापारमा निजी क्षेत्र सहभागी छैन। अहिले विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहेको छ।