
काठमाडौं। सरकारले सिमेन्ट प्रयोग गरेर ढलान सडक (रिजिड पेभमेन्ट) निर्माणलाई प्राथमिकतामा राखेको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माणका लागि ढलान सडक निर्माण गरिने बताए। उनका अनुसार निश्चित मापदण्डमा आधारित भएर ढलान सडक गर्ने प्रवृत्तिलाई प्राथमिकता दिइनेछ।
यसले टिकाउ र गुणस्तरीय सडक निर्माण हुनुका साथै बिटुमिन आयात घट्ने उनले बताए।
बिटुमिन प्रयोग गरेर निर्माण गरिने कालोपत्रे सडकभन्दा सिमेन्ट प्रयोग गरिने सडक टिकाउ हुन्छ। विकसित देशहरुमा यस्ता सडक निर्माण हुने भएपनि नेपालमा छिटफुट बाहेक निर्माण भएको छैन। यो बिटुमिन सडकभन्दा महँगो हुन्छ।