
काठमाडौं। सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू ६ महिनाभित्र लिलाम गरिने बताएका हुन।
यसअघि सरकारले समयमा वर्षौदेखि यस्ता पुराना सरकारी गाडीहरुको लिलामी समयमा गर्न नसक्दा पत्रु बन्दै गएका थिए।