
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत बजेट सार्वजनिकको अघिल्लो दिन मन्त्रालयमै बास बसेका छन्।
दोस्रो चरणको आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै १७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट निर्माण गरेका उनले मन्त्रालयको सोफामै निन्द्रा पुर्याएका थिए।
महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आज साँझ ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। बजेटलाई अन्तिम रुप दिन रातभरी जस्तो काम भएको थियो।
यसपालिको बजेटमा डा. मिनेन्द्र रिजालले समेत सघाएका थिए। रिजालले दोस्रो चरणको आर्थिक सुधारदेखि अर्थतन्त्रको संरचना परिवर्तन गर्ने कार्यक्रम ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको स्रोतको दाबी छ। रिजाल आज बिहान विराटनगर उडेका छन्।
अर्थमन्त्री महत र रिजाल गत महाधिवेशनमा कांग्रेस पार्टीको महामन्त्री पदमा पराजित भएका थिए।
सल्लाहकार समूहका डा. विश्व पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्ट पनि बजेट निर्माणमा जुटेका थिए।