चालु वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान, सबैभन्दा धेरै गण्डकी प्रदेशको

बिजमाण्डू
२०८० जेठ १४ गते १५:२३ | May 28, 2023
चालु वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान, सबैभन्दा धेरै गण्डकी प्रदेशको

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर आधार मूल्यमा २.१६ प्रतिशत हुने अनुमान गरिएको छ।

Tata
GBIME
Nepal Life

चालु वर्ष निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन हुने अनुमानसहित यो आर्थिक वृद्धिदर सरकारले अनुमान गरेको हो। यातायात तथा भण्डार क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान गरिएको छ।

‍ऊर्जा उत्पादन बढेका कारण ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९ प्रतिशतले विस्तार हुने अनुमान छ। गत वर्ष मुलुकको आर्थिक वृद्धि आधा मूल्यमा ५.२६ थियो।

सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु वर्ष गण्डकी प्रदेशको सबैभन्दा धेरै ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८ प्रतिशत रहने अनुमान गरेको छ।