नारायणी अटो बिजनेसले सीएटको टायर बिक्री गर्ने, बालकुमारीमा खोल्यो शोरुम

बिजमाण्डू
२०८० जेठ १३ गते २०:३२ | May 27, 2023
नारायणी अटो बिजनेसले सीएटको टायर बिक्री गर्ने, बालकुमारीमा खोल्यो शोरुम


काठमाडौं। सुजुकीको गाडी बिक्री गर्दै आइरहेको नारायणी अटो बिजनेसले सीएट टायर पनि बिक्री गर्ने भएको छ। कम्पनीले ललितपुरको बालकुमारीमा नयाँ शोरुम ‘सीएट शपी’ संचालनमा ल्याएको छ।

Tata
GBIME

सीएट इन्डिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले शोरुमको उद्घाटन गरे। रावले सीएट टायरको नयाँ शोरुमले नेपाली ग्राहकको बढ्दो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने विश्वास रहेको बताए।

सीएटको नेपालका लागि आधिकारिक बिक्रेता एसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले सीएट टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्रान्ड भएको बताए।

उत्कृष्ट कार्यक्षमताको लागि सीएटले फाइभ स्टार रेटिङ प्राप्त गरेको छ। सवारी साधनमा प्रयोग गरिने सीएट टायर विभिन्न सुरक्षात्मक विशेषताले सुसज्जित रहेको नारायण अटो बिजनेशका प्रवन्ध निर्देशक अनुप बरालले बताए।

भारतमा उत्पादन हुने सीएट टायर ब्रान्ड विश्वका टप ३० टायर ब्रान्डमा पर्छ। ५० वर्ष भन्दा लामो इतिहास रहेको सीएट टायरका उत्पादन विश्वका १०० भन्दा बढी देशमा प्रयोग हुन्छन्।

नेपालमा ४ सय भन्दा बढी डिलर रहेको सीएट टायरले टु ह्विलर र पीसीयूभीमा आफूलाई नम्बर वान भएको दावी गर्छ। त्यसैगरी २० प्रतिशत भन्दा बढी बजार हिस्सा भएको कम्पनीको भनाइ छ।