
काठमाडौं। सोसल मिडियामा संसार अभ्यस्त छ। इन्टरनेटका विभिन्न साइटको कथा भन्ने तरिकाबाट पर्यटकीय गन्तव्यको जानकारी दिँदै घुमन्तेलाई प्रभावित पार्न सकिन्छ। नेपालको पर्यटन प्रवर्द्धनमा सोसन मिडिया र स्टोरी टेलिङको माध्यमलाई कति उपयोग गर्ने? यसबारे नेपाल पर्यटन बोर्ड र युएसआइडी नेपालको सहकार्यमा कार्यशाला गरिएको छ।
सोसल मिडिया मार्केटिङ तथा स्टोरी टेलिङ सम्बन्धि क्षमता बढाउन कार्यशाला गरिएको हो। बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पछिल्लो समय सोसल मिडियाको प्रयोग बढिरहेको सन्दर्भमा यसको प्रयोगबाट पर्यटन क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्दै आएको बताइन्।
पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाबाट सहभागिता रहेको कार्यक्रममा युएसआइडी अन्तर्गत स्टेलटरका साझेदार निर्देशक भाजुल सजाकास, तथा सोस मिडिया एन्फुलुएन्सर केनान मुर्फी, लिन्डसे स्टेभन, एरिक मार्ट, अलिसन वोल्फले आफ्नो सोसल मिडिया अनुभवसहित यसका विभिन्न आयामबारे प्रकाश पारेका थिए।
निजी क्षेत्रमा सामाजिक सञ्जाल मार्केटिङ र स्टोरी टेलिङमा क्षमता अभिवृद्धि कार्यशाला आयोजना गर्दै आएको बोर्डले जनाएको छ। कार्यक्रममा जसले मिडिया आउटरीच र डिजिटल स्टोरीटेलिङ प्लेटफर्महरू प्रयोग गर्छ, उसको बजार बढेको बताइयो।
नेपाली पर्यटन क्षेत्रले सम्भावनाअनुसार सोसल मिडिया र स्टोरी टेलिङलाई अझ प्रभावकारी तवरले उपयोग गर्न जरुरी रहेको कार्यक्रमका सहभागीले बताए।