हुन्डाई मोटर इन्डियाले इभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २ खर्ब भारु लगानी गर्दै

बिजमाण्डू
२०८० जेठ १२ गते ०८:५८ | May 26, 2023
हुन्डाई मोटर इन्डियाले इभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २ खर्ब भारु लगानी गर्दै

काठमाडौं। दक्षिण कोरियाली अटो कम्पनी हुन्डाईले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आगामी १० वर्षसम्म (सन् २०२३ देखि २०३२ सम्म) चरणबद्ध रूपमा २ खर्ब भारतीय रुपैयाँ खर्चेर विद्युतीय सवारीसाधन (इभी) प्लाटफर्मको आधुनिकीकरण गर्ने योजना बनाएको छ।

उक्त लगानी सम्बन्धमा हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा सीइओ उन्सु किम र गाइडेन्सका प्रबन्ध निर्देशक तथा सीइओ भी विष्णु आइएएस तमिलनाडुबीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर भएको छ।  

हस्ताक्षर समारोहमा अर्थमन्त्री थङ्गम थेनारसु,  उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य मन्त्री टीआरबी राजा, आइएएस, अतिरिक्त मुख्य सचिव कृष्णन एस, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।

‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं,’ उन्सु किमले, ‘यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधा र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ।’

कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको जनाएको छ। हुन्डाईले १ लाख ७८ हजार ब्याट्री जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ जनाएको छ।

यस्तै, ५ वर्षको अवधिमा प्रमुख राजमार्गका प्रमुख स्थानहरूमा १०० इभी चार्जिङ स्टेसन स्थापना हुनेछ। यसमा ५ डुअल अल्ट्रा-फास्ट चार्जिङ स्टेसन (डीसी १५० किलोवाट र डीसी ६० किलोवाट), १० सिंगल फास्ट चार्जिङ स्टेशन (डीसी १५० किलोवाट) र ८५ सिंगल फास्ट चार्जिङ स्टेशनहरू (डीसी ६० किलोवाट) समावेश छन्।

हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिट पुर्‍याउनेछ। श्रीपेरुम्बुदुरमा रहेको आफ्नो प्लान्टबाट नयाँ विद्युतीय र आइसीई सवारीसाधनहरू उत्पादन गर्ने कम्पनीले जनाएको छ।