
काठमाडौं। माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएकोबारे बैंकले आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको जनाएको छ।
बैंकले गरेको अनुसन्धानमा सबै रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका बिभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरेको देखिएको जानकारी पनि बैंकले दिएको छ।
बैंकको सिस्टममा कुनै समस्या नभएको र बैंकबाट पठाइएका सबै एसएमएस, एक्टिभेसन कोड र ओटिपी ग्राहककै मोबाइलमा गएको देखिएकाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराइ वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याइ उक्त कारोबार हुन नसक्ने बैंकले ठहर गरेको छ।
यस विषयमा प्रहरीबाट थप अनुसन्धान सुरु भैसकेको जानकारी पनि बैंकले दिएको छ। ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्णरुपमा सुरक्षित रहेको पनि बैंकले स्पष्ट पारेको छ।
मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन पनि बैंकले सबैलाई अनुरोध गरको छ।