नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु थप तीन दिन प्रहरी हिरासतमा

बिजमाण्डू
२०८० जेठ ७ गते १७:३६ | May 21, 2023
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु थप तीन दिन प्रहरी हिरासतमा

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएकालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार उनीहरुलाई म्याद थपको लागि अदालतमा उपस्थित गराएको थियो।

Tata
GBIME
Nepal Life

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतलाई हिरासतमा राख्न अदालतले थप तीन दिनको म्याद दिएको हो। यस प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ।

संगठीत अपराधमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले आइतवार नै अनुसन्धान फाइल सरकारी वकिलमा बुझाउने तयारी गरेको छ।

बैशाख २७ गते बिहान काठमाडौंको चुच्चेपाटीबाट पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण समातिए। यसले राजनीतिक क्षेत्रमा नयाँ तरंग ल्यायो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए।

११ दिन फरार रहेका टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंबाट समातिए। कांग्रेसका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरे। इन्द्रजित राईका छोरा निरज र रामबहादुर थापा बालदका छोरा प्रतिक भने अझै फरार रहेका छन्।