पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण, ३२ अर्ब नवीकरण, २ अर्ब नयाँ जारी

बिजमाण्डू
२०८० जेठ ७ गते ११:३३ | May 21, 2023
पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण, ३२ अर्ब नवीकरण, २ अर्ब नयाँ जारी


काठमाडौं। सरकारले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी तथा नवीकरण गर्ने भएको छ। राजस्वले खर्च चल्न छाडेपछि सरकारले पुरानो ट्रेजरी बिल नवीकरण गर्ने र नयाँ जारी गर्ने भएको हो।

Tata
GBIME
NLIC

सरकारका लागि नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। कुल ३४ अर्ब २० करोडमध्ये २ अर्ब रुपैयाँ नयाँ जारी गर्न  लागेको हो। यो ९१ दिने ट्रेजरी बिल हो।

बाँकी ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ नवीकरण गर्न लागेको हो। यसमध्ये २८ दिने १० अर्बको, ९१ दिनेको २ अर्ब २३ करोड ३२ लाखको, १८२ दिने १२ अर्ब ४७ करोड र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

यसअघि २८ दिने ट्रेजरी बिलको औषत ब्याज ८.०८ प्रतिशत, ९१ दिनेको ९.६५ प्रतिशत, १८२ दिने ९.५ प्रतिशत र ३६४ दिने ८.९८ प्रतिशत ब्याज कायम भएको थियो।