सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजारलाई १०/१० कित्ता, साढे ९ लाख रित्तै



२०८० जेठ ५ गते १३:१२
सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजारलाई १०/१० कित्ता, साढे ९ लाख रित्तै


काठहमाडौं। सिटी होटल लिमिटेडको आइपीओ बाँटफाँट भएको छ। कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको साधारण सेयर शुक्रबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो।

Tata
GBIME

क्यापिटलले रितपूर्वक आवेदन दिएका लगानीकर्तालाई गोलाप्रथा मार्फत सेयरको बाँडफाँट गरेको छ। प्रक्रिया पुगेका आवेदनमध्ये १ लाख ३५ हजार ५९४ जनाले १०/१० कित्ताका दरले १३ लाख ५५ हजार ९४० कित्ता सेयर हात पारेका छन्।

रितपूर्वक आवेदन दिए पनि ९ लाख ५२ हजार ८१ जनाको हात रित्तै भएको छ। कम्पनीले गत वैशाख २५-२८ गते १६ लाख ७४ हजार कित्ता सेयरको बिक्री खुलाएको थियो।

उक्त सेयर मध्य वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ लाख ६७ हजार ४०० कित्ता, सामूहिक लगानी कोष योजनाहरुका लागि ८३ हजार ७०० कित्ता र कर्मचारीहरुका लागि ६६ हजार ९६० कित्ता सेयर छुट्याएको थियो ।

कम्पनीले बाँकी रहेको १३ करोड ५५ लाख ९४ हजार रुपैयाँ १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधउरणमा निष्कासन गरेको हो।

उक्त सेयरमा कुल १० लाख ९२ हजार ६६७ जना लगानीकर्ताबाट १ करोड १८ लाख ९५ हजार ३७० कित्ताका लागि आवेदन परेको थियो।

आवेदकमध्ये १० लाख ८७ हजार ६७५ जनाले दिएको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता स्वीकृत भएको थियो। भने ४ हजार ९९२ जना आवेदकले ६१ हजार ६६० कित्ताका लागि दिएको आवेदन रद्ध छ।

सेयरको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल, सिटी होटलको वेबसाइट तथा सीडीएससीको आइपीओ रिजल्ट बाट हेर्न सकिन्छ।