एनइएले बुटवल-लमही ४०० केभी प्रसारणलाइन निर्माण गर्ने, आइइ प्रतिवेदन तयार हुँदै



२०८० जेठ ४ गते १३:१२
एनइएले बुटवल-लमही ४०० केभी प्रसारणलाइन निर्माण गर्ने, आइइ प्रतिवेदन तयार हुँदै


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बुटवल-लमही ४०० केभी प्रसारणलाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ।

Tata
GBIME

प्राधिकरणले निर्माण अघिका तयारीका कामहरु गरिरहेको छ। प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको छ।

इस्किम्स कन्सल्टिङ सर्भिसले प्रतिवेदन तयारीको काम गरिरहेको छ। प्राधिकरणले आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए सात दिनभित्र लिखित/राय सुझाव पेस गर्न आग्रह गरिएको छ।

यो प्रसारणलाइन पश्चिम नवलपरासीको सुनवल नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका र सैना मैना नगरपालिका, कपिलवस्तुको बाणगंगा, बुद्धभुमि र शिवराज नगरपालिका,अर्घाखाँचीको शितगंगा नगरपालिका र दाङको गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिकामा पर्छ।

प्रस्तावित आयोजना ४०० केभी डबल सर्किट प्रसारणलाइन हो। जसको १६० किमी लम्बाई रहेको छ। यो नवलपरासी सुस्ता पश्चिम जिल्लामा रहेको नयाँ बुटवल सबस्टेसन(भुमही) बाट सुरु भएर रुपन्देही र कपिलबस्तुको मोतीपुर सबस्टेसन अर्घाखाँची हुँदै दाङको लमही सबस्टेसनमा टुंगिन्छ।